Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Nepal Copyright Registrar's Office

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन

Published Date : 2019-11-10 (Modified Date : 2022-04-06)

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय रचना, ध्वनिअंकन, प्रस्तुति र प्रसारणको क्षेत्रमा प्रतिलिपि अधिकार र तत्सम्बन्धी अधिकारको संरक्षणको लागि आवश्यक कार्य गर्न नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय स्थापना भएको हो ।प्रतिलिपि अधिकार व्यवस्थाले मानिएको रचनात्मक कामहरुको संरक्षण गर्नुका साथै देशको साहित्य, कला, संस्कृति, ज्ञान विज्ञान आदिको विकासमा टेवा पुर्‍याउनका लागि नेपालमा प्रतिलिपि अधिकार सम्बन्धी कानून बि.सं. २०२२ सालमा लागु भएको थियो । तर पछिल्लो समयमा विकसित अन्तर्राष्ट्रिय पद्धति र मापदण्ड अनुकुल बनाउनका लागि नयां प्रतिलिपि अधिकार ऐन, २०५९ र प्रतिलिपि अधिकार नियमावली, २०६१ जारी गरिएको हो । नेपालमा प्रतिलिपि अधिकार व्यवस्थाको सुदृढिकरण गर्न र प्रतिलिपि अधिकार विषयमा ज्ञान, सीप र चेतना विस्तार गर्ने उद्देश्यले बि.सं. २०६१ साल बैशाख ७ मा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय स्थापना भएको हो । प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अनुसार यस कार्यालयको मुख्य उद्देश्य र कामहरु निम्न रहेका छन् ।

  • प्रतिलिपि अधिकारजन्य रचनाहरुको दर्ता गर्ने र तिनको विवरण अद्यावधिक गर्ने ।
  • रोयल्टी संकलन संस्थाहरुको दर्ता गर्ने । ति संस्थाहरुको अनुगमन तथा निरीक्षण गर्ने र रोयल्टी मापदण्ड निर्धारण सम्बन्धी उजुरी सुन्ने र आदेश जारी गर्ने ।
  • सिर्जना, कला र प्रस्तुतिका क्षेत्रमा क्रियाशील स्रष्टाहरुको हितमा आवश्यक कार्य गर्ने
  • प्रतिलिपि अधिकार सम्बन्धी प्रवद्र्धनात्मक र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।